शालिकराम जम्कट्टेल बने वागमती प्रदेशको मुख्यमन्त्री
काठमाडौं - वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल नियुक्त भएका छन् ।प्रदेशप्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
जम्कट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् । उनले नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का ७० जना सांसदको समर्थन छ । ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउने ५६ सिट चाहिन्छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस