काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । 

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्रोतले बताएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने विषयमा बैठक केन्द्रित हुने छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा पर्नेछ । सरकार जोगाउन नेपाली कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्था आउनेछ । 

मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता समेत गरेका थिए ।