पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना पुष्टि, ३ को मृत्यु
खबर एक्सप्रेस
२०७७-०९-११ ०४:५३ मा प्रकाशित
Total Shares: 297
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५०० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८४० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४९ हजार १३२ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस