काठमाडौं - विश्वको सर्वोच्च शिखर सगमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक गरिने भएको छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले मंगलबार नेपाल र चीनका अधिकारीहरुले संयुक्त रुपमा नयाँ उचाई सार्वजनिक गर्ने जानकारी दिए ।

उनले फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालमा प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई मापनको परिणाम प्राप्त भएको बताए ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेलामा नेपाल र चीनले संयुक्त रुपमा उचाइ घोषण गर्ने सहमति भएको थियो ।

विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने जनाएको छ ।