काठमाडौं,संखुवासभा - संखुवासभामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मकालु गाउँपालिका– ५ मा भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको हा । 

उक्त स्थानमा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनाकामा कार्यरत सिमरा जितपुर उप–महानगरपालिका बस्ने ३६ बर्षीय सम बहादुर योन्जन तामाङको मृत्यु भएको हो । 

आईतवार राति ११ बजेको समयमा फाक्सिन्दा दोभानबाट बालुवा लिई फर्कदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर अचानक दुर्घटना भई रोड देखि करिव ४०० मिटर तल अरुण नदिको किनारामा खस्दा टिपर चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।