१ हजार ५७० जना कोरोना संक्रमित थपिँदा ६ हजार बढीले कोरोना जिते, १३ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-१०-२४ ०५:२२ मा प्रकाशित
Total Shares: 242
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८७४ जनाको पीसीआर परीक्षण गर्दा १०२२ जना र ३९४१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जना गरी १५७० जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, आज थप ६१४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८२७ छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस