प्रधानमन्त्री कार्की छठ पूजाका लागि कमलपोखरी जाँदै
काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी हुने भएकी छिन् ।
प्रधानमन्त्री कार्की दिउँसो सवा ४ बजे कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन कमलपोखरी जान लागेकी हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल छठ गुह्वेश्वरी पुगर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका छन् ।
देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ ।
छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस