काठमाडौं - गएराति भएको प्रिमियर लिगमा आर्सनलले महत्वपुर्ण जित हात पार्न सफल भएको छ । आर्सनलले युनाईटेड क्लबलाई २–० गोलले पछार्न सफल भएको छ । आर्सनललाई जित दिलाउन निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक–एक गोल गरेका थिए ।

आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाको यो पहिलो जित हो । पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको आर्सनलविरुद्ध म्यानु दोस्रो हाफमा बलियो देखिए पनि गोल फर्काउन सकेन ।

खेलको आठौं मिनेटमा नै निकोलासले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा पापस्तथोपोलोसले गोल आर्सनलका लागि दोस्रो गोल गरे । आर्सनल २१ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा रहेको छ ।

युनाईटेड ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।