म्यानचेस्टर सिटीको सहज जित
खबर एक्सप्रेस
२०७७-११-१३ ०९:४६ मा प्रकाशित
Total Shares: 330
काठमाडौं,एजेन्सी - च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा सिटीले जर्मन क्लब मन्छेनग्लाडबाचलाई उसकै मैदानमा २-०ले पराजित गरेको हो ।
खेलको २९ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६५ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २-०को जित दिलाए ।
अब दोस्रो लेग मार्च १६ मा सिटीको मैदानमा हुनेछ । उक्त खेलमा मन्छेनग्लाडबाचलाई अगाडी बढ्न फराकिलो जितको आवश्यक छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस