काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित दर्ता गरेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले लिभरकुसनमाथि २–१ गोलअन्तरको पूनरागमन जित निकालेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गरेका छन् भने लिभरकुसनका लागि प्याट्रिक सेखले एक गोल गरेका थिए ।

खेलको १४औं मिनेटमा प्याट्रिकको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । ४३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २-१ को पूनरागमन जित दिलाउन सफल भए ।

जितसँगै शीर्षस्थानको बायर्नको १३ खेलबाट ३० अंक रहेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको पराजित लिभरकुसनको समान २८ अंक छ ।