काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २२५ जनामा संक्रमण देखिएको हो । जसमा पुरुष १ हजार ४४६ जनार महिला ७७९ जना रहेका छन् । योसँगै कुल संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ लाख ८ हजार ३३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ८४६ जना उपचारपछि डिस्चार्ज भएका छन् । १३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको ८४२ पुगेको छ ।

यस्तै, मन्त्रालयका अनुसार ४७ हजार ५७ कोरोनाका सक्रिय संक्रमित छन् । आइसोलेसनमा ४६ हजार ५७ जना छन् भने क्वारेन्टाइनमा ३३ सय २२ जना रहेका छन्।