ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय
खबर एक्सप्रेस
२०७८-०१-२५ ०६:३३ मा प्रकाशित
Total Shares: 299
काठमाडौं - नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको हो । विपक्षमा मत दिन कांग्रेसले सबैलाई आग्रह पनि गरेको छ ।
बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस