काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदबाट राजिनामा दिने घोषणा गरेकी छिन्।

एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले उक्त घोषणा गरेकी हुन्।

शिक्षामन्त्री भट्टराईले समुदायको हितमा काम गर्न नसक्ने अवस्था आए पदमा बसिरहन आवश्यक नरहेको बताइन्।

शिक्षामन्त्री भट्टराईले भनिन्,‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो । सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ।’

राजनीतिमा आउँदा आफूले स्थायी प्राध्यापक र जीवन साथी गुमाएको भन्दै उनले अहिले प्राप्त पद गुमाउन पनि आफू तयार रहेको बताइन्।