शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना, आइसोलेसनमा सारियो
खबर एक्सप्रेस
२०७७-०२-१० १२:४९ मा प्रकाशित
Total Shares: 286
काठमाडौं - त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेकी मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण देखिएपछि अहिले संक्रमित महिलालाई टिचिङको आइसोलेसनमा सारिएको अस्पताल स्रोतले बताएको छ ।
मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस