काठमाडौं - काठमाडौं उपत्यकामा आज बिहानको तापक्रम शून्यमा झरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको छ । यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो । यस्तै, आज जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ डिग्री पुगेको छ । 

आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, रातीमा प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १७ गते (शुक्रबार)

दिउँसो - प्रदेश १ र सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती - प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १८ गते (शनिबार)

दिउँसो - लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

राती - देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुरपश्चिम प्रदेशका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।