काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।
प्रतिनिधिसभा बैठक बस्नुअघि आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन् । सभामुखसँगको भेटमा के विषयमा छलफल भयो भन्ने खुल्न सकेको छैन ।
प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आइतबार ४ बजे बस्दै छ ।

.gif)



