राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन भएनः सभामुख घिमिरे
काठमाडौं-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवस २०८१ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको उनले चर्चा गरेका छन् ।
शुभकामना सन्देशमा उनले भने, “लोकतन्त्रले नै अधिकारमुखी, समावेशी र सन्तुलित विकासका लागि आधार प्रदान गर्छ । यसलाई सार्वजनिक नीति, योजना र कार्यक्रम तिनको कार्यान्वयनमा उतार्नु जरुरी छ । नेपालको लोकतन्त्रको रक्षा र प्रवर्धनमा नेपालको संसदले विगतदेखि उल्लेखनीय भूमिका निर्वाह गर्दैआएको छ ।”
लोकतन्त्रभन्दा अर्को राम्रो शासन व्यवस्था हुन नसक्ने चर्चा गर्दै सभामुख घिमिरेले सबै राजनीतिक शक्तिलाई विकास र समृद्धिमा केन्द्रित हुन आग्रह गरेका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस