काठमाडौं - मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छिन्। शुक्रबार साँझ बालुवाटार पुगेर सुमारले प्रधानमन्त्री देउवालाई भेटेकी हुन् । 

भेटमा उनीहरूले एमसिसीबारे आ-आफ्नो धारण राखेका थिए।

‘आज एमसिसीको उपाध्यक्ष फतिमालाई भेट्न पाउँदा खुसी लाग्यो,’ देउवाले ट्विटरमा लेखेका छन्, ‘हामीले नेपाल-अमेरिकी सहयोग एमसिसी कम्प्याक्ट र यसले नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आ-आफ्नो विचार राख्यौं।’

यसअघि सुमारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूलाई भेटेकी थिइन्।