काठमाडौं - काठमाडौं उपत्यकामा १६८ जनासहित नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।