जितिया पर्व पारिवारिक एकता, मातृत्व र अन्तर्घुलनको अनुपम दृष्टान्त हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य गर्दै समानता, समृद्वि र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
उनले सामाजिक सम्बन्धको सन्तुलन, आपसी सहकार्य, सद्भाव र सहिष्णुता कायम गर्न जितिया पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।
तराई–मधेसका थारुलगायत समुदायले पारिवारिक समृद्वि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउने यस मौलिक पर्वको आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषता रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
‘यो पर्व पारिवारिक एकता, मातृत्व र अन्तर्घुलनको अनुपम दृष्टान्तसमेत हो। यस पर्वले हाम्रो विविधता र पहिचानसहितको राष्ट्रिय एकतालाई सुदृढ गर्न, आपसी सद्भाव र सहिष्णुता कायम गर्दै संविधानप्रदत्त अधिकारको प्रगतिशील कार्यान्वयनका निम्ति समस्त नेपालीहरूमा उत्प्रेरित गर्ने मैले विश्वाससहित फेरि एकपटक शुभकामना व्यक्त गर्दछु। धन्यवाद’, उनले उल्लेख गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस