काठमाडौं - मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भिमफेदी गाउँपालिकाको जुरिखेतमा बिहीबार दिउँसो सवा २ बजे दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । केही बसभित्र थिचिएको आशंका छ ।

दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ । बसका चालक फरार छन्।