बँदेल मार्न थापेको पासोमा परी एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-२८ ०५:५६ मा प्रकाशित
Total Shares: 273
परासी - पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–पर्सावलमा बँदेल मार्न आफैंले थापेको पासोमा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४५ वर्षिय ओम नारायण यादव छन् । बँदेल मार्न घर नजिकैको जंगलमा घेरिएको तारमा ५ जना मिलेर करेन्टको पासो थापेका थिए ।
ती मध्ये यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी गराउनुभयो ।
यादवको शव भने कुलोमा गाडिएको अबस्थामा फेला परेको हो । शव गाडेर फरार रहेका मध्ये २ जनालाई रुपन्देहीबाट पक्राउ गरिएको डिएसपी लामाले बताए । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस