इंग्ल्याण्डसँग बेल्जियम पराजित
काठमाडौं, एजेन्सी - यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले बेल्जियमलाई पराजित गरेको छ ।
गएराति वेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले बलियो प्रतिद्धन्दी बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर इंग्ल्यान्डले जित निकालेको हो । इंग्ल्यान्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले एक-एक गोल गरे । बेल्जियमका रोमेरो लुकाकुले एक गोल फर्काए ।
खेलको १६ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बलिल्जयमलाई अग्रता दिलाए । इंग्ल्यान्डका एरिकले आफ्नो पेनाल्टी क्षेत्रमा लुकाकुलाई फउल गरेपछि बेल्जियमले पेनाल्टी पाएको थियो ।
तर, खेलको ३९ औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई बराबरीकम फर्काए । त्यसपछि खेलको ८५ औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए ।
जितसँगै इंग्ल्यान्ड लिग 'ए' समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको छ । बेल्जियमको यो पहिलो हार हो । दोस्रो स्थानको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस