काठमाडौं,एजेन्सी - इटालियन सिरि ए फुटबलमा युभेन्ट्सले सहज जित हात पारेको छ । आईतबार राति भएको खेलमा युभेन्ट्सले जेनोओलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले गोल गरे भने पाउलो डिबलाले एक गोल गरे । स्टेफानो स्टुराओले जेनोओका लागि एक गोल फर्काए । ५७औं मिनेटमा डिबलाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । तर, स्टुराओले ६१ औं मिनेटमा गोल गर्दै जेनोओलाई बराबरीमा फर्काए ।

रोनाल्डोले खेलको ७८ औं र ८९औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३१ को जित दिलाए । उनले दुवै गोल पेनाल्टीमार्फत गरेका थिए । जितसँगै युभेन्ट्स २३ अंकसहित तालिकाको चौथो स्थानमा छ । पराजित जेनोओ तालिकाको पुछारदेखि दोस्रो स्थानमा छ ।

यस्तै, अर्को खेलमा लिग लिडर एसी मिलान भने पार्मासंग २२ गोलअन्तरको बराबरीमा रोकिएको छ । दोस्रो स्थानको ईन्टर मिलानले काग्लिरीलाई ३-१ गोलले पराजित गरेको छ ।