कांग्रेसले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्छः गगन थापा
काठमाडौं, सर्लाही - नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस आफैंले अविश्वास प्रस्ताव ल्याउनुपर्ने बताएका छन्। बिहीबार नेपाल प्रेस युनियन सर्लाहीले सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार भेटघाटमा कुरा गर्दै कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री थापाले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीविरुद्ध आफैंले अविश्वास प्रस्ताव ल्याउनुपर्ने बताएका हुन् । नेता थापाले कांग्रेसलाई सरकारमा बस्ने म्यान्डेड प्राप्त नभएकाले तत्काल प्रतिपक्षमै बस्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, नेता थापाले निर्वाचन आयोगले नेकपाको विवादबारे निर्णय दिन ढिला गर्दा प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदममा मद्दत पुगिरहेको पनि थापाले आरोप लगाए। ‘आयोगले निर्णय नदिँदा प्रधानमन्त्री ओलीले कम्प्युनिष्ट पार्टी फुटेको छैन, त्यसैले म नै बहुमतको प्रधानमन्त्री हुँ भन्दै लामो समय संसदलाई बन्धक बनाएर राख्ने अवस्था आयो,’ थापाले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस