काठमाडौं - फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत दोस्रो चरणका खेलहरू समाप्त भएसँगै नकआउट (राउन्ड अफ ३२) को समीकरण रोमाञ्चक मोडमा पुगेको छ।
४८ टोली सहभागी यस ऐतिहासिक विश्वकपमा दुई खेलबाट स्पष्ट ६ अंक जोड्दै ७ वटा राष्ट्रले एक खेल अगावै नकआउट चरणमा स्थान पक्का गरेका छन् भने साविक विजेता अर्जेन्टिना र दुई आयोजक राष्ट्र अघिल्लो चरण प्रवेश गरिसकेका छन्।
आयोजक देशहरू मेक्सिको र संयुक्त राज्य अमेरिका (यूएसए) ले लगातार दोस्रो जित दर्ता गर्दै घरेलु मैदानमा अन्तिम ३२ को टिकट काटेका हुन्।

.gif)


