माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
खबर एक्सप्रेस
२०७८-०४-०२ ०५:३५ मा प्रकाशित
Total Shares: 241
काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा छलफल हुने बताइएको छ । सर्वोच्च अदातलको आदेशअनुसार सरकारले आइतबार अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठक पनि बोलाएको पनि छ ।
फेसबुक पेज Like गर्नुहोस