एजेन्सी - चीन र भारतबीच तनाव बढ्दै गएको । भारतमा चिनियाँ सामानलगायतका बहिस्कार गर्ने अभियान नै चलिरहेको छ । मंगलबार मात्र भारतले ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगायो । त्यसको जवाफमा चीनले पनि भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध लगाएको छ ।

चिनले केबल नेटवर्क र भारतीय टिभी च्यानल(डिटिएच) पनि बन्द गरिदिएको छ । यद्यपी, भारतले चिनियाँ समाचारपत्र र वेभसाइटमाथि भने प्रतिबन्ध लगाएको छैन ।

भारतीय सञ्चारमाध्यामहरुले भने चीनका ५९ वटा एप्सहरु प्रतिबन्धित हुनुअघि नै चीनले भारतीय समाचारपत्र र वेभसाइटहरुमाथि प्रतिबन्ध लगाएको आरोप लगाएका छन् । बीबीसी