काठमाडौं, चितवन - चितवनमा थप २ जनामा कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । चितवन र रुपन्देहीका एक–एकजना संक्रमित पुरुषको कोरोनाको संक्रमणपछि मृत्यु भएको हो । 

चितवनको रत्‍ननगरपालिका–९ का ८८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो । कात्तिक ११ गते अस्पताल भर्ना भएका उनमा १२ गते कोरोना पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ ।

त्यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनमा ज्वरो, उच्च रक्तचाप र श्‍वासप्रश्‍वासको समस्या थियो । उनको बिहीबार राति मृत्यु भएको अस्पतालले जनााएको छ । 

चितवन मेडिकल कलेजको कोभिड आईसीयू कक्षमा उपचार भइरहेका उनीहरुको मृत्यु भएको हो ।