काठमाडौं, जाजरकोट - जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।

नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना. ६ ख. २७५७ नम्बरको रात्री बस  जाजरकोटको बराहचौर नजिक  राती दुई बजे दुर्घटना भएको हो । 

दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ३० जनाको जिल्ला अस्पताल उपचार भैरहेको छ  । घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।