ओलीले मागेको विश्वासको मतमा ह्वीप नलगाउने जसपाको निर्णय
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ ।
संघीय परिषद्का संयोजक डा. बाबुराम भट्टराईको टोखास्थित निवासमा आइतबार दिउँसो बसेको पार्टी पदाधिकारीहरुको बैठकले विश्वासको मतमा सांसदहरुलाई ह्वीप नलगाउने र स्वविवेक प्रयोग गर्न पाउने निर्णय गरेको हो ।
जसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो पछिल्लोसमय प्रधानमन्त्री ओलीको विश्वासको मतमा उभिएका थिए तर, एमालेकै नेता माधव नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेसँगै समिकरण फेरबदल हुन सक्ने भएकोले ठाकुर र महतो पक्षले आइतबार मात्र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा तटस्थ बस्ने बताएका थिए ।
जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष भट्टराई भने पहिलेदेखि नै ओलीविरुद्धको नयाँ गठबन्धन बनाउने पक्षमा छन् ।
फेसबुक पेज Like गर्नुहोस