काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्काले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज नखेल्ने भएका छन् । चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज नखेल्ने भएका हुन् । 

पूर्व कप्तानसमेत रहेका पारसले प्रशिक्षणमा फिल्डिङ गर्ने क्रममा काँधको चोट बोकेका थिए । उनलाई चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । 

नेपाल, नेदरल्याण्ड्स र मलेसियाको त्रिकोणात्मक सिरिज भोली शनिबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुँदैछ ।