कोरोना कहर: २४ घण्टामा २८ सय जनाको मृत्यु
              खबर एक्सप्रेस
                            २०७६-१२-१४ ०८:०५ मा प्रकाशित 
              Total Shares: 332 
              
            
            काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ हजार ७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ हजार ७ सय ८८ जनाले कोरोनो भाइरसका कारण ज्यान गुमाएका छन् भने ६० हजार ६ सय ६३ जना नयाँ संक्रमित फेला परेका छन् ।
पाँच लाख ३१ हजार ६ सय ९८ जनालाई कोरोना भाइरसको संक्रमण भएकोले एक लाख २३ हजार ९ सय २८ जना उपचारपछि निको भएका छन् ।
अहिले तीन लाख ८३ हजार सात सय जनाको उपचार भइरहेकोमा त्यमध्येका १९ हजार ३ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस