हालसम्म विदेशबाट ११ हजार बढी नेपालीको उद्दार
काठमाडौं - सरकारले विदेशमा अलपत्र परेका ११ हजार ३ सय ७१ नेपालीलाई स्वदेश फर्काएको छ । अझै उद्धार कार्य जारी छ ।
जेठ २३ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न राष्ट्रबाट ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
शनिबारसम्म सबैभन्दा बढी कुवेतबाट २ हजार २ जना नेपाली स्वदेश फर्किएका छन् ।
कुन देशबाट कति फर्किए ?
युएईबाट २ हजार १७, साउदी अरेबियाबाट १,२१८, मलेसियाबाट ९२१, बगंलादेशबाट ८१५, कतारबाट ६३८, माल्दिभ्सबाट, ६०४, जापानबाट ४९२, अस्ट्रेलियाबाट २६९, बहराइनबाट ४२०, थाइल्याण्डबाट ३२६, ओमानबाट ३१३, अमेरिकाबाट ४८३, दक्षिण कोरिया २२८, सिंगापुरबाट १४६, बेलायत २२९, हङकङबाट ८९, पाकिस्तान ७२, म्यानमारबाट २६ नेपाली स्वदेश फर्किएका छन् ।
यसैगरी अफगानिस्तानबाट १८ र श्रीलंकाबाट ५ जना गरी ११ हजार ३ सय ३१ नेपाली स्वदेश फर्किएका छन् ।
लकडाउनका कारण स्वदेश ल्याउन नपाइएको ८७ वटा शव नेपालमा ल्याइएको छ। अहिलेसम्म कतारबाट २० वटा शव, साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, युएईबाट ५, बहराइनबाट ३ र ओमानबाट एउटा शव नेपालमा ल्याइएको छ। अझै १२० वटा शव अझै विदेशमै छन्।
फेसबुक पेज Like गर्नुहोस