रोनाल्डो फेरि क्वारेन्टाइनमा
एजेन्सी - पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई क्लब युभेन्टसले बोलाएको छ । इटली सरकारले लकडाउन केहि खुकुलो बनाउँदै व्यक्तिगत छुट दिएसँगै क्लबले रोनाल्डोलाई अभ्यासका लागि बोलाएको हो ।
पोर्चुगलबाट फर्किएसँगै रोनाल्डोले सरकारकाे नियमानुसार २ हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । यसअघि उनी आफ्नै पोर्चुगलमा २ महिना बिताएका छन् ।
यसअघि पनि राेनाल्डाे क्वारेन्टाइनमा बसेका थिए । क्लबका अन्य खेलाडीमा कोरोना संक्रमण देखिएपछि उनी २ हप्ता क्वारेन्टाइनमा बसेका थिए ।
चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटालीका प्रधानमन्त्री कोन्टेले सिरि ए को ४ मे देखि व्यक्तिगत अभ्यास र १८ मे देखि टिमको अभ्यास गर्न दिने बताएका थिए। सोहि अनुसार क्लबले अभ्यासका लागि बोलाएको हो । यद्यपी, सिरी ए भने अन्योलमा छ ।
२७ मे पछि लिगका खेलहरु शुरु गराउन सरकारी अधिकारीहरु बताउँछन् ।
२६औं चरणको खेल जारी रहँदा सिरी ‘ए’ को खेलहरु मार्च पहिलो सातादेखि स्थगित गरिएको थियो । युभेन्टस २६ खेलबाट ६३ अंक जोडेर शीर्षस्थानमा रहेका छन् । समान खेलबाटै लाजियो ६२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । लेच्चे, एसपाल र ब्रेसिया रेलिगेसन जोनमा रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस