काठमाडौं, एजेन्सी - हिन्दी फिल्मी उद्योगको सबैभन्दा प्रतिष्ठित अवार्ड 'फिल्मफेयर अवार्ड'को ६६ औं संस्करणका बिजेताहरु घोषणा गरिएको छ । 

शनिबार बेलुकादेखि अबेर रातसम्म चलेको उक्त अवार्ड समारोहमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । 

उक्त समारोहमा दिवंगत अभिनेता इरफान खानलाई दुई अवार्डको प्रदान गरिएको छ । फिल्म ‘अंग्रेजी मिडियम’का लागि उत्कृष्ट अभिनेता चुनिँदा मरणोपरान्त उनलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’को पनि घोषणा गरियो । 

यसैगरी तापसी पन्नु स्टारर ‘थप्पड’ले ७ वटा अवार्ड जित्न सफल रह्यो । तापसी पन्नुले यसै फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् भने उत्कृष्ट फिल्म पनि थप्पड कै नाममा रह्यो।