युथ फोर्सको भ्याली कमाण्ड घोषणा
खबर एक्सप्रेस
२०७८-०४-०९ ०४:१९ मा प्रकाशित
Total Shares: 234
काठमाडौं - नेकपा एमालेको भातृसंगठन युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा युथफोर्सले भ्याली कमाण्ड घोषणा गरेको हो । कार्यक्रम कार्की पार्टी प्यालेस काठमाडौंमा भएको थियो ।
एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिष्पर्धा जस्तै चलेको छ । ओली पक्षले युवासंघ नेपाल हुदाहुदै युथफोर्स ब्युँताएपछि माधवकुमार नेपाल पक्षले अखिल फोर्स बनाएको थियो । बिहीबार मात्रै नेपाल पक्षले पिपुल्स भोलेन्टियरको पनि घोषणा गरेको थियो ।
एमाले नेता योगेश भट्टराईले अखिल र युवासंघ जस्ता संगठनलाई ओझेलमा पारेर गठन गरिएका यस्ता फोर्सको औचित्य नहुने बताएका छन ।
फेसबुक पेज Like गर्नुहोस