नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन, छानबिनमा सहयोग गर्छु : प्रतीक थापा
काठमाडौं - नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।
आफ्नो नाममा पक्राउ पूर्जी जारी भएपछि एक विज्ञप्ति जारी गर्दै थापाले आफूविरुद्ध अहिले पनि गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरु लगाउने क्रम जारी रहेको बताएका छन् ।
थापाले संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरुप अनुसन्धान प्रक्रियालाई इमान्दारीपूर्वक सहयोग गर्ने बताएका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘आरोप लगाइएका विषयमा सम्बन्धित निकाय न्यायलयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान इमानदारपूर्वक सहयोग गर्ने प्रतिबद्धतना व्यक्त गर्दछु ।’
फेसबुक पेज Like गर्नुहोस