मनसुनी वायुको प्रभाव: यस्ताे छ आजकाे मौसम पूर्वानुमान
काठमाडौं - हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहि बागमती, गण्डकी, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका आज दिउँसोमा देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, रातमा प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस