कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक
खबर एक्सप्रेस
२०८१-११-१६ १२:१३ मा प्रकाशित
Total Shares: 141
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन्।
सभापति देउवाले अपराह्न ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ। बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुनेछ ।
बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस