सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग बास खेल्ने
खबर एक्सप्रेस
२०७७-०८-०४ ०७:२५ मा प्रकाशित
Total Shares: 282
काठमाडौं,एजेन्सी - नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल)टी-ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्न भएका छन् ।
होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् ।
यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । सन्दीपले यस अघि बीबीएलमा २० खेलमा २६ विकेट लिन सफल भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस