माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको हो : प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन माओवादी आन्दोलनको अवतरण सहि समयमा गरेको बताएका छन् ।
बिहिबार धुम्बाराहिमा जनयुद्ध दिवसमा अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताएका हुन् । शान्ति प्रक्रियामा आउने भनेर सही समयमा, सही निर्णय गरिएको उनले बताए ।
नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकता अचानक नभएको समेत बताए । सही नीति र नेतृत्व भएका कारण एकता सम्भव भएको बताउँदै उनले भने, ‘यो कसैको लहडमा भएको होइन ।’
२०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्ष गरेको सम्झनामा तत्कालीन नेकपा माओवादीले फागुन १ लाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आइएको छ ।
फेसबुक पेज Like गर्नुहोस