युभेन्ट्स स्तब्ध
काठमाडौं,एजेन्सी - सिरि ए फुटबलमा फियोरेन्टिनासंग युभेन्ट्स पराजित भएको छ ।
मंगलबार राति घरेलु मैदानमा १० खेलाडीमा सिमित बनेको युभेन्ट्स रेलिगेशन जोनबाट बच्न संघर्षरत फियोरेन्टिनासंग ३–० ले स्तब्ध बनेको हो ।
चेल्सीका पूर्व मिडफिल्ड जु काउड्राडोले खराब ट्याकल गरेपछि १८ औं मिनेटमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
पाहुना टोलीले खेलको सुरुवातमै डुसान भल्कोभिचको गोलमा अग्रता बनाएको थियो । युभेन्ट्सका लुबा सिल्भाले ७६ औं मिनेटमा आत्घाति गोल गरेपछि पाहुना टोली २–० ले अघि बढ्यो ।
त्यसअघि रोनाल्डोको हेड गोललाई रेफ्रीले अफ साईडको मान्यता दिएका थिए । खेल सकिन ९ मिनेट बाँकी छदाँ मार्टिन केसरसले फियोरेन्टिनालाई अप्रत्यासित जित दिलाए ।
पराजयसंगै ३ अंक गुमाएको युभेन्ट्स तालिकाको चौथों स्थानमा झरेको छ । फियोरेन्टिना १४ अंक सहित तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस