नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै मृत्यु हुनेको संख्या २६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको हो । स्याङ्जाका ती संक्रमित मधुमेह र नियोनियाका पनि बिरामी थिए।
यस्तै, चितवन स्थायी घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय पुरुषको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
नर्भिक अस्पतालमा उपचार गराइरहेका ति पुरुषमा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पताल ल्याइएको थियो । मृतक ५० वर्षीय पुरुषको पाँच महिना अगाडी मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस