काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा कीर्तिमानी १०० विकेट पुरा गरेका छन् ।

थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेटको खेलमा मलेसियाविरुद्ध उनले लगातार २ विकेट लिएका लिए र आफनो टी–२० करियरमा विकेट संख्या १०१ विकेट पुर्याउन सफल भएका हुन् ।

योसँगै सन्दीप टी–ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिएका हुन् । सन्दीपले आफ्नो करियरको १०० विकेट पुरा गर्दा नेपालबाट १८ खेलमा ३० विकेट लिएका छन् भने अन्य फ्रेन्चाइज क्रिकेटमा ५६ खेलबाट ७१ विकेट लिन सफल भएका छन् ।