काठमाडौं - रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।

आठबीसकोट नगरपालिका–७ को दाजेमा रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको हो।

आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा आठबीसकोट–८ का ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको हो। दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन्।