माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि, यस्ता छन् एजेण्डा
खबर एक्सप्रेस
२०७७-१२-०२ ०९:५० मा प्रकाशित
Total Shares: 235
काठमाडौं - नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने स्रोतले बताएको छ ।
आइतबार पनि झन्डै ४ घन्टा बसेर बैठक स्थगित भएको थियो । उक्त बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। यस्ते, बैठकले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता हुन दिएको निर्देशन र एमालेमा लागेका नेताहरुलाई स्पष्टीकरण माग्ने स्थायी कमिटीको निर्णयलाई पनि सदर गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस