काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो लय कायमै राखेको छ । आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई १-०ले पारजित गरेको हो । 

रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो मिनेटमा नै रियाद महारेजको पासम गोल गरेका थिए । 

जितसँगै सिटी २५ खेलबाट ५९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित आर्सनल ३४ अंक जोडेर १०औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडमाथि ३-१को सहज जित निकालेको छ । युनाईटेडले २५ खेलमा ४९ अंक जोडेको छ । युनाईटेड शीर्ष स्थानको सिटी भन्दा १० अंकले पछि रहेको छ । पराजित न्युकासल २५ अंक जोडेर १७ औं स्थानमा छ ।

टोटेनहम वेस्ट ह्याम युनाईटेडसँग २-१ गोलले पराजित भएको छ । वेस्ट ह्याम २५ खेलमा ४५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित टोटेनहम ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।