काठमाडौं - प्रहरीले काठमाडौंका दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले काभ्रे तेमाल गाउँपालिका-६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङसमेत १३ जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइलसहित पक्राउ गरिएको हो।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका-२ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो। उनीहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।