यस्तो छ शुक्रबारसम्मको मौसम अनुमान
काठमाडौं - बुधबारदेखि शुक्रबारसम्म देशभर कतै पनि वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यी तीन दिन पहाडी भेगमा आंशिक बदलीबाहेक देशभर मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम अनुमान यस्तो छ
कार्तिक १२ गते (बुधबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहीअन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
कार्तिक १३ गते (बिहीबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
कार्तिक १४ गते (शुक्रबार)
दिउँसो :देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस